श्रृजनशील लघुवित्तको वार्षिक साधारण सभा असार १५मा, यस्ता छन् प्रस्तावहरु

काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले चौथो वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाको जेठ १८ गते बसेको संचालक समितिको निर्णयले सभा असार १५ गते संस्थाको केन्द्रिय कार्यालय गोलबजार नगरपालिका ७ चोहर्वा (सिराहा)मा आह्वान गरेको हो । सभा विहान ११ बजेदेखि सुरु हुनेछ ।
सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७८।०७९ को वार्षिक प्रतिवेदन माथि छलफल गरि पारित गर्ने छ ।
यसका साथै, सभाले लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ असार मसान्त सम्मको वासलात, आव ०७८।०७९ को नाफा नोक्सान हिसाव, सोहि अवधिको नगद प्रवाह विवरण एवम् सो सँग सम्बन्धित अनुसुचीहरु पारित गर्ने छ ।
सभाले बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन, २०७३ को दफा ६३ तथा कम्पनी ऐन, २०६३ को दफा ११ अनुसार वित्तीय संस्थाको आव ०७९।०८० को लेखापरीक्षक नियुक्ति गर्ने र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्ने छ ।
सभाले नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धित्तोपत्र बोर्ड लगायत अन्य नियमनकारी निकायहरुबाट प्रबन्ध पत्र तथा नियमावलीमा भएका संशोधन थप उपर नियमनकारी निकायबाट कुनै विषयमा थप संशोधन गर्न वा भाषिक संशोधन गर्न वा फेरबदल गर्न कुनै निर्देशन वा सुझाव दिएमा, सो मुताविक संशोधन गर्ने प्रस्तावलाई पनि पारित गर्ने छ । सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने छ ।
संस्थाले सभा प्रयोजनको लागि असार ४ गते शेयर दाखिला खारेज बन्द गर्ने निर्णय गरेको छ ।











