२५९ बैंक तथा वित्तीय संस्था मर्जरमा सामेल
२६ जेष्ठ २०८०, शुक्रबार १३:१९

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आवको १० महिनासम्मको वित्तीय तथ्याङ्क सार्वजनिक गरेको छ । सार्वजनिक तथ्याङ्कअनुसार सो अवधिसम्म २५९ बैंक तथा वित्तीय संस्था मर्जरमा सामेल भएका छन् ।
वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने।गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु गराएपश्चात् २०८० वैशाख मसान्तसम्म कुल २५९ बैंक तथा वित्तीय संस्थाहरु मर्जर।प्राप्ति प्रक्रियामा सामेल भएका हुन् ।
यसमध्ये १८५ संस्थाहरुको इजाजत खारेज हुन गई ७४ संस्था कायम भएका छन् ।











