निर्धन उत्थान लघुवित्तद्वारा बीमा वापतको रकम प्रदान

२८ जेष्ठ २०८०, आईतवार ११:४१

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेडले बीमा दाबी वापतको रकम भुक्तानी गरेको छ । संस्थाको लहान सिरहा शाखाले सदस्यहरुको बीमा वापतको रकम हस्तान्तरण गरेको हो ।

संस्थाले पश्चिम कुशहाका सदस्य परिवारलाई बीमा क्षतिपूर्ति रकम वितरण गरेको हो । निर्धन उत्थान लघुवित्त लहान सिरहा शाखाले आयोजना गरेको श्रदाञ्जली कार्यक्रममा शाखा प्रबन्धक सुनिल कुमार सिंहले सदस्यहरुको बीमा वापतको रकम प्रदान गरेका हुन् ।

सिंहले बीमा क्षतिपूर्ती रकम वापतको चेक ६ लाख ८८ हजार ८० रुपैया केन्द्र प्रमुख राजो देवी चौधरीको छोरा सुनिल कुमार चौधरीलाई सुरुङगा नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष लिला राम चौधरीको रोहबरमा हस्तान्तरण गरेका हुन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*