बीमा अभिकर्ता विरोधी बीमा नियमावली संशोधन गर्दै बीमा प्राधिकरण, ९ बुँदाका लागि अभिकर्ताहरुले गरे कडा संघर्ष

काठमाडौं । आफैले बनाएको बीमा नियमावली २०८० अपूर्ण र बीमा अभिकर्ताहरुको हित विपरितको बीमा नियमावली २०८० को मस्यौदा संशोधन गर्ने प्रक्रिया सुरु गरिएको छ । बीमा प्राधिकरणका कर्मचारीहरुले सरोकारवालासँग छलफल नै गरी सुटुक्क अर्थ मन्त्रालयमा बुझाएको बीमा नियमावली २०८० भित्रै दर्जनौं अव्यवहारिक तथा त्रुटीहरु रहेका छन् । सो मध्ये पेशागत बीमा अभिकर्ताहरुको मागको सम्बन्धी ९ वटा बुँदाहरु संशोधन गर्न लागिएको हो ।
बीमा नियमावली २०८० मा बीमा अभिकर्ताहरुलाई हतोत्साहित गर्ने र इसेवा खल्ती जस्ता अनलाईन सेवा प्रदायकमार्फत एप्समार्फत बीमा गराई सिंगो बीमा व्यवसाय नै ध्वस्त बनाउन स्वयम् बीमा प्राधिकरण लागेपछि पेशागत बीमा अभिकर्ताहरुले कडा प्रतिवाद गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महत, अर्थ सचिव राम प्रसाद घिमिरे र कानुन मन्त्री धनराज गुरुङसँग भेटेर बीमा प्राधिकरणबाट बनेको बीमा नियमावली २०८० नमान्ने भन्दै आन्दोलित भएका थिए । बीमा नियमावली तयार गर्दा अदक्ष जनशक्तिमार्फत कानुनसँग बाझिएका कुराहरु समावेश गरेपछि प्राधिकरण आफैले बनाएको बीमा नियमावली आफैले संशोधन गर्न बाध्य भएको छ । बीमा अभिकर्ताहरुको आन्दोलनको राप र तापले अहिले प्रस्तावित बीमा नियमावली २०८० का कम्तीमा ९ वटा बुँदाहरु फेरिने भएका छन् । यद्यपि अझै पनि र्याल चुहाउने प्रवृत्तिका प्राधिकरणका उच्च नेतृत्वले गडबढी गर्न सक्ने भन्दै पेशागत बीमा अभिकर्ताहरुले आशंका व्यक्त गरेका छन् ।
बीमा नियमावली २०८० मा गैर कानुनी रुपमा यसअघि पेशागत बीमा अभिकर्ताको लाइसेन्स प्राप्त गरेको भएपनि अब नविकरण गर्दा प्लस टु वा आइए सरह उत्तिर्ण गरेको शैक्षिक योग्यताको प्रमाणपत्र पेश गर्नुपर्ने, इन्सेन्टिभ घटाउने, सक्रियताको आधारमा मात्रै इन्सेन्टिभ पाउने लगायतका नौ वटा बुँदाहरु अभिकर्ताहरुको घाँटी निमोठ्ने गरी समावेश गरिएको थियो ।













