थ्रीस्टार हाइड्रोपावरले असार ५ गतेदेखि आइपीओ निष्काशन गर्ने, जो कोहिले आवेदन दिन पाउने
२९ जेष्ठ २०८०, सोमबार ०९:३८

काठमाडौं । थ्रीस्टार हाइड्रोपावर लिमिटेडले असार ५ गतेदेखि आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र र वैदेशिक रोजगारमा रहेका नेपालीहरुको लागि आइपीओ निष्काशन गरी बाँडफाँड सम्पन्न गरेपश्चात सर्वसाधारणको लागि निष्काशन गर्न लागेको हो ।
कम्पनीले सर्वसाधारणको लागि ६ लाख १३ हजार १६२ कित्ता साधारण शेयर निष्काशन गर्ने भएको छ । सो आईपीओमा न्यूनतम १० कित्ता देखि ५० हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ । कम्पनिको आईपिओमा छिटोमा असार ८ गतेसम्म बिक्री खुल्ला हुने छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।












