थ्रीस्टार हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न, यसरी हेर्नुस रिजल्ट

काठमाडौं । थ्रीस्टार हाइड्रोपावर लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुको लागि निष्काशन गरेको आइपीओ जेठ २८ गते बाँडफाँड गरेको हो ।
कम्पनीले १०० रुपैयाँ अंकित मूल्य दरका कुल ४ लाख ९२ हजार ५०० कित्ता आइपीओ निष्काशन गरेकोमा २ हजार ६०६ जना आवेदकहरुलाई बाँडफाँड गरेको हो ।
कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात् खोटाङ जिल्लाको प्रभावित क्षेत्र हलेसी तुवाचुङ नगरपालिका वडा नं. १ देखि ११ र दिप्रुङ चुईचुम्मा गाउँपालिका वडा नं. १ देखि ७ का बासिन्दाहरुका लागि वैशाख ११ गतेदेखि जेठ ९ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरेकोमा सो अवधिभित्र रितपूवर्क आवेदन दिने आवेदकहरुलाई बाँडफाँड गरिएको हो ।
आइपीओ सम्बन्धी जानकारी वा रिजल्ट हेर्न बिक्री प्रबन्धक हिमालयन क्यापिटलको वेबसाइट https://himalayancapital.com/ र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/ मार्फत हेर्न सकिनेछ ।












