आदर्श लघुवित्त र डिप्रोक्स लघुवित्तको १५ दिन शेयर कारोबार बन्द रहने

२९ जेष्ठ २०८०, सोमबार १०:३५

काठमाडौं । आदर्श लघुवित्त र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले यहि असार १ गतेदेखि एकीकृत कारोबार सुरु गर्दैछन् । दुबै संस्थाले एकीकृत कारोबार सुरु गर्नका लागि नेप्सेसमक्ष धितोपत्र कारोबार रोक्का राख्न माग गरेको छ ।

संस्थाको जेठ २८ गते बसेको संचालक समितिको बैठकले धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने।गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ बमोजिम दुबै संस्थाको शेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकीकरण तथा सूचीकरण प्रयोजनका लागि शेयर कारोबार रोक्का राख्न अनुरोध गरेको हो ।

संस्थाले यहि असार १ गतेदेखि १५ कार्यदिनसम्म धितोपत्र कारोबार रोक्का गर्न नेप्सेसमक्ष अनुरोध गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*