मंगलबार तीन कम्पनीको शेयरमा सर्किट, अन्य कुनले कति कमाए ?
३० जेष्ठ २०८०, मंगलवार १५:०७

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंजगलबार शेयर बजारमा हरियाली छाएको छ । अघिल्लो दिन सामान्य अंकले बढेको शेयर बजार आज ३४.१७ अंकले बढेर २०२० को विन्दुमा पुगेको छ ।
शेयर बजारमा हरियाली छाएसँगै तीन कम्पनीको शेयरमा सर्किट लागेको छ । मंगलबार वीन नेपाल लघुवित्त, भुगोल इनर्जि डेभलपमेन्ट कम्पनी र सिटी होटलको शेयरमूल्यमा सर्किट लागेको छ ।
त्यस्तै, आज हिमालयन डिस्टिलरी लिमिटेड, शिवम् सिमेन्ट् लगायत अन्य कम्पनीको शेयर मूल्य बढेको छ ।













