धौलागिरी र खप्तड लघुवित्तको एकीकृत कारोबारको मिति तय
१ असार २०८०, शुक्रबार १०:०९

काठमाडौं । धौलागिरी लघुवित्त र खप्तड लघुवित्तको एकीकृत कारोबार असार २० गतेबाट सुरु हुने भएको छ । राष्ट्र बैंकले यहि जेठ २४ गते एक पत्र पठाउँदैं दुबै लघुवित्तलाई अन्तिम स्वीकृति प्रदान गरेको हो ।
मर्जर प्रक्रियापश्चात धौलागिरी लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सुरु गर्ने भएको हो। दुबै लघुवित्तहरुले यस अघि बैशाख २६ गतेको वार्षिक साधारण सभाबाट मर्जरको प्रस्ताव पारित गरेको थियो ।
धौलागिरी लघुवित्तको रजिष्ट्रर्ड कार्यालय बागलुुङ नगरपालिका वडा नम्बर २ मा रहेको छ र खप्तड लघुवित्तको रजिष्टर्ड कार्यालय गोदावरी नगरपालिका वडा नम्बर १ कैलालीमा रहेको छ ।











