राष्ट्रिय वाणिज्य बैंकले नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति छ ब्याज ?
१ असार २०८०, शुक्रबार ११:०८

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । असार १ गतेदेखि लागू हुने गरी ब्याजदर सार्वजनिक गरेको हो ।बैंकले असार महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ५.४० प्रतिशतदेखि अधिकतम ७.४० प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ ।
यस्तै, बैंकले मुद्दति निक्षेपमा संस्थागत तर्फ ७.९९ प्रतिशत र ब्यक्तिगततर्फ ९.९९ प्रतिशतसम्म ब्याजदर निर्धार गरेको छ । बैंकले रेमिट्यान्स बचत खातामा १०.९९ प्रतिशत ब्याजदर तोकेको छ ।बैंकले कर्जाको ब्याजदरमा भने बेसरेटमा अधिकतम ३.७५ प्रतिशतसम्म प्रिमियम लिने भएको छ ।












