सिटिजन्स बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुन बचत खातामा कति ?

१ असार २०८०, शुक्रबार १२:४६

काठमाडौं । सिटिजन्स बैंकको नयाँ ब्याजदर सार्वजनिक भएको छ । असार १ गते देखि लागू हुने गरि ब्याजदर सार्वजनिक गरेको हो । बैंकले असार महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ५.४० प्रतिशतदेखि अधिकतम ७.४० प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ ।

यस्तै बैंकले मुद्दति निक्षेपमा संस्थागत तर्फ ७.९९ प्रतिशत र ब्यक्तिगततर्फ ९.९९ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । बैंकले रेमिट्यान्स बचत खातामा १०.९९ प्रतिशत ब्याजदर तोकेको छ । बैंकले कर्जाको ब्याजदरमा भने बेसरेटमा अधिकतम १० प्रतिशतसम्म प्रिमियम लिने भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*