आर्थिक विधेयकका २६, २७ र २९ नम्बर बुँदाको बिषयमा अर्थमन्त्रीसँग छलफल, अध्ययन गरेर जवाफ दिन्छौ: डा.महत

१ असार २०८०, शुक्रबार १६:३०

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंकर्स संघ र बीमक संघसँग भेटेर आर्थिक विधेयकको बिषयमा सारेको बुँदाहरु हेरेर अध्ययन गर्ने बिषयमा आश्वासन दिएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक विधेयकको २६, २७ र २९ नम्बर बुँदाले अघि सारेका करका विषयमा आफूले ‘हेर्ने’ प्रतिबद्धता जनाएका हुन् । अर्थमन्त्रीले सकारात्मक सन्देश दिएको एक कम्पनीका सिईओले जनाएको छ ।

अर्थमन्त्रीलाई भेट्न नेपाल बैंकर्स संघका अध्यक्ष, डेभलपमेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष, जीवन बिमक संघका अध्यक्ष, नेपाल बीमक संघका अध्यक्ष लगाएतको टोली सिंहदरबार गएका थिए ।

उनीहरुले आर्थिक विधेयकमा रहेको २६, २७ र २९ नम्बर बुँदाले अघिसारेका करका विषयहरु संशोधन नभए नेपालको अर्थतन्त्र धरासायी हुने, पुँजी पलायन हुने, लगानीकर्ताको मनोबल गिर्ने भन्दै त्यसलाई तत्काल सच्याउन माग गरेका थिए । सरकारले ती बुँदाहरु नसच्याए अदालत जाने, आन्दोलन गर्ने लगायतका चेतावनीहरु दिँदै आएका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*