प्रतिकित्ता ४३५ रुपैयाँ पर्ने घोराही सिमेन्ट इन्डस्ट्रीको आईपीओमा मागभन्दा बढीको आवेदन

काठमाडौं। घोराही सिमेन्ट इन्डस्ट्रीको आईपीओमा माग भन्दा बढीको आवेदन परेको छ। कम्पनीले गत जेठ ३२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो।कुल ६९ लाख ११ हजार ६७० कित्ता आईपीओ बिक्री खुला गरेको हो। यसमा स्थानीय, विदेशमा रहेका नेपाली श्रमिक, सामूहिक लगानी कोष र कर्मचारीलाई छुट्याएर बाँडफाँड गरेपछि बाँकी रहेको ८ लाख ७४ हजार ३८२ कित्तासमेत थपिएको छ।
यो आईपीओमा प्रतिकित्ता ४३५ रुपैयाँ दरका आवेदन दिनुपर्नेछ। जसमा कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा ३३५ रुपैयाँ प्रिमियम मूल्य थपेको छ।सीडीएससीका अनुसार आज बिहान १० बजेसम्म यो आईपीओमा ३ लाख ९२ हजार २६७ आवेदकबाट कुल १ करोड ४० लाख ५८ हजार ६१० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा २.०३ गुणाले बढी हो।
मागभन्दा बढी आवेदन परेकै कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुनेछ। जसमा ६ लाख ९१ हजार १६७ आवेदकले १० कित्ता सेयरका लागि दरले पाउनेछन्।












