मेन्छियाम हाइड्रोको पहिलो शेयर कारोबार कतिमा भयो?

३ असार २०८०, आईतवार १०:५९

काठमाडौं । नेप्सेमा मेन्छियाम हाइड्रोको शेयर कारोबार सुरु भएको छ । आइतबारको स्पेसल प्रि ओपन सेसनमा पहिलो कारोबार भई मूल्य तय भएसँगै कम्पनीको शेयर कारोबार सुरु भएको हो ।

कम्पनीको पहिलो कारोबार २३२ रुपैयाँमा भएको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ७७.४५ रुपैयाँ देखि २३२.३५ रुपैयाँ सम्मको रेन्ज तोकेको थियो ।

यस रेन्जको बीचमा रहेको जुनसुकै मूल्यबाट पहिलो कारोबार सुरु हुन सक्ने व्यवस्था रहेकोमा उच्च बिन्दुबाट नै पहिलो कारोबार भएको हो। नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्य तोक्ने गरेको छ ।।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*