अर्थसमितिले नयाँ स्टक र ब्रोकर लाईसेन्सको बिषयमा छलफल गर्न धितोपत्र बोर्डलाई बोलायो

३ असार २०८०, आईतवार १२:११

काठमाडौं । नेपाल धितोपत्र बोर्डका पदाधिकारीहरुलाई अर्थसमितिले छलफलका लागि बोलाएको छ । अर्थसमितिले स्टक एक्सचेञ्ज र ब्रोकर कम्पनीको नयाँ लाईसेन्स रोकर यस बिषयमा छलफल प्रकृयाका लागि बोलाएको हो ।अर्थ समितिले असार ५ गते बिहान ८ बजे बोर्डका पदाधिकारीहरुसँग छलफल गर्न लागेको हो । समितिले ‘नयाँ धितोपत्र दलाल र धितोपत्र व्यापार अनुमतिपत्र प्रदान गर्दा अपनाएका प्रक्रिया र मापदण्ड बारे धितोपत्र बोर्डका पदाधिकारीहरु सँग छलफल’ भनेर कार्यसूचि तय गरेको छ।

अघि बढिसकेको नयाँ धितोपत्र दलाल अनुमति (ब्रोकर लाइसेन्स) वितरणबारे प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले बोर्डसँग जवाफ मागेको छ ।अर्थ समितिको एक साता अघिको बैठकले बोर्डलाई यी विषयमा छलफलका लागि बोलाउने र जवाफ माग्ने निर्णय गरेको थियो ।

 

’यसअघि अर्थ समितिअन्तर्गतको उपसमितिले ब्रोकर र स्टक एक्स्चेन्जको लाइसेन्सबार अध्ययन गरेर प्रतिवेदन दिइसकेको छ’ त्यसको कार्यान्वयन अवस्था र नयाँ स्टक तथा ब्रोकर लाइसेन्सबारे बोर्डलाई छलफलमा बोलाउने निर्णय भएको बमोजिक बैठकमा बोर्डलार्य बोलाईएको हो ।

अर्थसमिति बैठकमा सांसदहरुले अघिल्लो अर्थसमितिले दिएका सुझाव र मापदण्ड अनुसार नयाँ स्टक एक्सचेन्ज, नयाँ ब्रोकर लाइसेन्स र कमोडिटी एक्सचेन्जको लाइसेन्स वितरणका विषयमा उपसमिति बनाएर छानबिन गर्नुपर्ने माग गरेका थिए ।

अघिल्लो साता बसेको समितिले नयाँ स्टक एक्सचेन्ज लाइसेन्स दिने नभई नयाँ प्रविधि र टेक्नोलोजी भित्र्याएर स्टक एक्सचेञ्ज सुधार गर्न सुझाव दिएपनि सो सुझावभन्दा बाहिर गएर नयाँ एक्सचेन्जको लाइसेन्स दिन खोजिनु गलत हुने तर्क गरेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*