वाणिज्य बैंकहरुको खुद मुनाफा ५७ अर्बमाथि, नबिल ग्लोबल आइएमई र एनआईसी एशिया टप थ्रीमा, कृषि विकास बैंक सबैभन्दा पछाडि

४ असार २०८०, सोमबार १३:४७

काठमाडौं। वाणिज्य बैंकहरुले ५७ अर्ब १६ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ। चालु आर्थिक वर्षकोे १० महिनासम्ममा वाणिज्य बैंकहरुले उक्त रकम वापत खुद मुनाफाजर्आन गर्न सफल भएका हुन् ।नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार २०७९ साउन देखि २०८० वैशाखसम्मको अवधिमा २१ वटा वाणिज्य बैंकले कुल ५७ अर्ब १६ करोड खुद नाफा गरेका हुन् ।

यस अवधिसम्ममा सबैभन्दा बढी मुनाफा गर्ने बैंक नबिल बैंक बन्न सफल भएको छ। कम्पनीले यस अवधिसम्ममा ६ अर्ब १२ करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ।

दोस्रोमा ग्लोबल आइएमई बैंक रहेको छ। बैंकले यस अवधिसम्मा ५ अर्ब ३४ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ।

तेस्रोमा एनआईसी एशिया बैंक रहेको छ बैंकले यस अवधिसम्मा ४ अर्ब ३९ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ।

त्यस्तै राष्ट्रिय वाणिज्य बैंकले भने ४ अर्ब ५ करोड खुद नाफा गरेको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खुद नाफा ३ अर्ब ८९ करोड रहेको छ ।

सनराइज बैंकले १ अर्ब ३७ करोड खुद नाफा कमाएको छ । त्यस्तै सिटिजन्स बैंकको खुद नाफा १ अर्ब ४३ करोड, लक्ष्मी बैंकको खुद नाफा १ अर्ब ४६ करोड, तथा माछापुच्छ्रे बैंकको खुद नाफा १ अर्ब ५६ करोड रहेको छ ।

यस अवधिमा सबैभन्दा कम नाफा कृषि विकास बैंकको रहेको छ । कृषि विकास बैंकले १ अर्ब २२ करोड खुद नाफा गरेको छ ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*