एभरेष्ट बैंकद्वारा नवलपरासीको दलदलेमा नयाँ शाखा उद्घाटन

४ असार २०८०, सोमबार १६:३७

काठमाडौं । एभरेष्ट बैंकले नवलपरासीको दलदलेमा आफ्नो १२६ औं शाखा उद्घाटन गरेको छ । बैंकले देशका विभिन्न गाउँ तथा शहरहरुमा रहेका ग्राहकहरुलाई अत्याधुनिक, दिगो, दरिलो र विश्वासिलो बैंकिङ्ग सेवा र सुविधाहरु उपलब्ध गराउने उद्देश्यका साथ आज (असार ४) गते नवलपरासीको दलदलेमा आफ्नो १२६ औं शाखा उद्घाटन गरेको हो ।

उक्त शाखाको उद्घाटन देवचुली नगरपालिका वडा नं. १३ का वडाध्यक्ष एक देव पौडेलका साथै बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले संयुक्त रुपमा गरेका छन् । उक्त उद्घाटन समारोहमा उद्योग वाणिज्य संघ देवचुली नगरपालिकाका बरिष्ठ उपाध्यक्ष तेज प्रसाद न्यौपाने, सशस्त्र प्रहरी बलका निरिक्षक विनोद पौडेल, गण्डकी प्रदेशका प्रादेशिक प्रबन्धक सुधिर गौतम साथै बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेति लगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

सो उद्घाटन समारोहमा देवचुली नगरपालिका वडा नं. १३ का वडाध्यक्ष एक देव पौडेलले दलदलेमा एभरेष्ट बैंकको आगमनले सर्वसाधारणको वित्तीय पहुँच अझ सहज तथा सुलभ हुने बताए । साथै, बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्गले बर्दघाट र सो आसपासका बासिन्दाहरुलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गराउने प्रतिवद्धता व्यक्त गर्नुका साथै पंजाव नेशनल बैंक भारतसँगको साझेदारीले गर्दा स्थानिय बासिन्दा र पूर्व भारतिय गोर्खा सैनिकले पेन्सन तथा अन्य बैंकिङ्ग सेवा तथा सुविधा उपभोग गर्न अझ सहज हुने विश्वास व्यक्त गरे । यो सँगै गण्डकी प्रदेशमा बैंकको शाखा संख्या १३ पुगेको छ ।

पंजाव नेशाल बैंक भारतसँग संयुक्त साझेदार रहेको तथा स्थापना काल देखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १३ लाख भन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरी छरिएर रहेका आफ्नो १२६ शाखा संजाल, तीन एक्सटेन्टसन काउन्टर, सात प्रादेशिक कार्यालयहरु, १६१ एटीएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*