शेयर बजार ओरालो लाग्दा पनि नेप्से २ हजार विन्दु तल झरेन, तीन उपसूचक बाहेक सबै राताम्मे

५ असार २०८०, मंगलवार १५:१७

काठमाडौं । प्रि– सेसनमा सुधारको बाटोतर्फ जाने संकेत नेप्से ओरालो लागेको छ । नेप्से आज २६। ५६ अंकले घटेर २९८४ काृ विन्दुमा कायम भएको छ।२६८ सूचीकृत कमपनीको १ करोड ७ लाख ९२ हजार ७ सय ४२ कित्ता शेयर खरिदबिक्रि हुँदा ४ अर्ब ११ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।आज निफ्राको शेयरमा खरिदबिक्रिको चाप बढी भएको छ। कम्पनीको शेयरमा खरिदबिक्रिको चाप बढ्दा २० करोड ५७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

आज ती इन्डेक्स सबै राताम्मे भएको छ। उत्पादन, टेडिङ र इन्भेष्टमेन्ट बाहेक सबै उपसूचक राताम्मे भएको छ। इन्भेष्टमेन्टको उपसूचकमा भने सर्वाधिक वृद्धि देखिएको छ।

लगानीकर्ताको सर्वाधिक खरिदबिक्रिको रोजाईमा पर्ने शिवम् सिमेन्ट्सको पनि १९ करोड माथिको शेयर खरिदबिक्रि भएको देखिएको छ ।

त्यस्तै, हिमालयन डिष्टलरी, आईजीआई प्रुडेन्सियल, शिव श्री हाईड्रोपावर, नेपाल लाइफ, सिआईटी, सोल्टि होटल, नेपाल टेलिकम र सूर्या ज्योतिको शेयर सर्वाधिक खरिदबिक्रिको लिस्र्टमा पर्न सफल भएको छ।

तीन कमपनीको शेयरमा भने आज सकारात्मक सर्किट लागेको छ। आज सिटी होटल, बिपिडब्लु लघुवित्त र इङ्वा हाइड्रोपावरको शेयरमा सकरात्मक सर्किट लागेको छ ।
हिजो एफपीओ सूचीकृत भएको युनिक नेपाल लघुवित्तको शेयरमा भने नकारात्मक लागेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*