फाइनान्सको वित्तीय विवरण:सबैभन्दा बढी नाफा कमाउनेमा क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स, नेपाल फाइनान्स पछाडि, तीन घाटामा

काठमाडौं । चालु अर्थिक बर्षको १० महिनासम्मको वित्तिय विवरण सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंंकले फाइनान्स कम्पनीहरुको वित्तिय विवरण सार्वजनिक गरेको तथ्यांक अनुसार यसअवधिमा ३ वटा फाइनान्स नोक्सानीमा रहेको छ ।
राष्ट्र बैंकका अनुसार यस अ अवधिमा १७ वटा फाइनान्स कम्पनी मध्ये १४ वटा खुद नाफामा रहेका छन् । बाँकि ३ कम्पनी घाटामा रहेका छन् ।फाइनान्सको तथ्यांक कम्पाईल गर्दा क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको खुद नाफा सबैभन्दा धेरै देखिएको छ। बैशाख मसान्तसम्ममा फाइनान्सले ४७ करोड ५२ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ।
दोस्रोा मन्जुश्री फाइनान्स रहेको छ । यस अवधिसम्मा फाइनान्सको खुद नाफा १२ करोड ४१ लाख रहेको छ ।
तेस्रोमा गोर्खाज फाइनान्स रहेको छ। बैशाख मसान्तसम्ममा फाइनान्सको खुद नाफा १० करोड ५३ लाख, तथा आईसीएफसी फाइनान्सको खुद नाफा ९ करोड ७५ लाख रहेको छ ।यस अवधिमा रिलायन्स फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, र समृद्धि फाइनान्स खुद नोक्सानीमा छन् ।
जस मध्ये समृद्धि फाइनान्सको खुद नोक्सानी १९ करोड ८१ लाख रहेको छ। यो अपरिस्कृत विवरण भएकोले कम्पनीहरुको अन्तिम खुद नाफा भने फरक पर्न सक्ने छ ।














