घोराही सिमेन्ट इन्डस्ट्रीको आईपीओ निष्कासन प्रक्रियामा धितोपत्र बोर्डका अध्यक्ष हमालमाथि लागेको भ्रष्टाचारको आरोप छानबिन गर्न माग

६ असार २०८०, बुधबार ०९:२४

काठमाडौं । स्वतन्त्र पुँजीबजार सुधार संघले घोराही सिमेन्ट इन्डस्ट्रीको आईपीओ निष्कासन प्रक्रियामा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालमाथि लागेको भ्रष्टाचारको आरोपको छानबिन गर्न माग गरेको छ।

अध्यक्ष हमालले घोराही सिमेन्टको आईपीओ निकाष्सन गर्दा भ्रष्टाचार गरेको आरोप शंकाको घेरामा रहेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘उक्त आरोपले सेबोनेको निष्ठा र समग्र नेपाली पुँजीबजारको विश्वसनीयतामा शंका उत्पन्न गरेको छ। यसले पुँजीबजारको विकास र विस्तारमा धेरै पछाडि धकेल्नेछ।’

त्यसैले सेबोन अध्यक्षमाथि लागेका आरोपको गहिरो छानबिन गरी भ्रष्टाचारमा संलग्न कुनै व्यक्तिलाई उचित कारबाही गर्न संघले सम्बन्धित निकायसँग माग गरेको छ। सेबोनले लगानीकर्ताको विश्वास स्थापित गर्न र आईपीओ स्वीकृति प्रक्रियाले पारदर्शिता र निष्पक्षता सुनिश्चित गर्न तत्काल कदम चाल्न पनि संघले आग्रह गरेको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*