सूर्योदय वोमी लघुवित्तको १ लाख बढी कित्ता संस्थापक शेयर बिक्रीमा, जो कोहिले आवेदन दिन सक्ने

६ असार २०८०, बुधबार १०:२२

काठमाण्डौ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले १ लाख ६ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले एनआईसी एसिया बैंकको स्वामित्वमा रहेको १ लाख ६ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो

उक्त शेयरमा संस्थापक शेयरधनीहरुसहित अन्य जोकोही व्यक्ति तथा संस्थाले आवेदन दिन पाउने संस्थाले जनाएको छ । उक्त शेयरको न्युनतम मूल्य प्रतिकित्ता २१७ रुपैयाँ तोकिएको छ ।

उक्त शेयरमा असार १३ गतेसम्म न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ ।

बोलपत्र एनआईसी एसिया क्यापिटलको कार्यालय र एनआईसी एसिया बैंकको कर्पोरेट कार्यालयकका साथ शाखा विराठनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र वीरेन्द्रनगर सुर्खेतमा दिन सकिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*