महुली लघुवित्तको संस्थापक शेयर बिक्रीमा, जो कोहिले आवेदन दिन पाउने
६ असार २०८०, बुधबार १२:१६

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले ५ हजार १८३ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयर समूहको शेयर बिक्रीमा ल्याएको हो ।
कम्पनीले प्रतिकित्ता न्यूनतम मूल्य २७५ रुपैयाँ तोकेका शेयरमा लगानीकर्ताले न्यूनतम ५०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्ने भएका छन् ।
उक्त शेयर खरिद गर्ने चाहने इच्छुक जो कोही अन्य व्यक्ति तथा संस्थाले आवश्यक कागजात संकलन गरी असार १३ गतेसम्म आवेदन दिन सकिनेछ ।












