शिवम् सिमेन्ट्सको शेयरमा लगातार किन झुम्मिरहेका छन् लगानीकर्ता ?

काठमाडौं । शिव्म सिमेन्ट्सको शेयरमा लगातार किन झुम्मिरहेका छन् भन्ने प्रश्न आम लगानीकर्तामा छ । शेयर बजार घट्दा वा बढ्दा कम्पनी सर्वाधिक खरिदबिक्रिको लिस्र्टमा नै पर्दे आएको छ।
शेयर खरिदबिक्रिको चापमा शिव्म सिमेन्ट नै पर्ने गरेको छ । कम्पनीको आज १६ करोड २३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
हिजोको तुलनमा भने कम्पनीको शेयर मूल्य ०।९३ प्रतिशतले घटेको छ । कम्पनीको शेयर मूल्य हिजोको तुलनामा ५ रुपैयाँ प्रतिकित्ता झरेर ५ सय ४४ रुपैयाँमा दोस्रो बजारमा कारोबार भईरहेको छ। कम्पनीको शेयर मूल्य बढेर ५६२ रुपैयाँसम्म पुगेको थियो भने यसअघि सबैभन्दा कममा ५३४ रुपैयाँसम्म कारोबार भएको थियो ।
पछिल्लो महिनाहरुमा कम्पनीको शेयर मूल्य ५ सय मुनि नगएको कारण पनि शेयर लगानीकर्ता ढुक्क भएर लगानी गर्न तर्फ अघि बढेको देखिन्छ ।













