सिटी होटलको शेयरमा सकरात्मक सर्किट, अन्य कुनले कति कमाए ?
६ असार २०८०, बुधबार १५:०६

काठमाडौं । साता कारोबारको पाँचौ दिन अर्थात बुधबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार १४.०५ अंकले घटेर २०५० को विन्दुमा कायम भएको छ ।
बुधबार शेयर बजार घटेतापनि एक कम्पनीको शेयरमा सकरात्मक सर्किट लागेको छ । आज पनि सिटी होटलको शेयरमा सकरात्मक सर्किट लागेको छ ।
त्यस्तै, आज सोल्टी होटल, बिपिडब्लु लघुवित्त, इङ्वा हाइड्रोपावर, एनआइविएल ग्रोथ फण्ड लगायत अन्य कम्पनीहरुको शेयरमूल्य बढेको छ ।













