बुधबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
६ असार २०८०, बुधबार १५:१२

काठमाडौं । साता कारोबारको पाँचौ दिन अर्थात बुधबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार १४.०५ अंकले घटेर २०५० को विन्दुमा कायम भएको छ ।
बुधबार शेयर बजार घटेसँगै केही कम्पनीहरुको शेयरमूल्य घटेको छ । आज ग्रिन भेन्चर लिमिटेडको शेयरमूल्य ६.९८ प्रतिशतले सर्वाधिक घटेको छ ।
त्यस्तै, आज मेन्छियाम हाइड्रोपावर, मानुषी लघुवित्त, कर्पोरेट विकास बैंक, ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड लगायतका कम्पनीको शेयरमूल्य सर्वाधिक घटेको छ ।













