एनआइसी एसिया बैंकले दुई लघुवित्तमा भएको संस्थापक शेयर बिक्रि गर्दै, कुनको कति ?

६ असार २०८०, बुधबार १७:३८

काठमाडौं। एनआइसी एसिया बैंकले दुई लघुवित्तमा भएको संस्थापक सेयर बिक्रि गर्ने भएको छ।बैंकले सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडमा रहेको १ लाख ६ हजार ९ सय र महुली लघुवित्त वित्तीय संस्था लिमिटेडमा रहेको ५ हजार १ सय ८३ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो।

सूर्यादय वोमीमा रहेको संस्थापक सेयरको न्यूनतम् मूल्य प्रतिकित्ता २ सय १७ रुपैयाँ तोकिएको छ। संस्थापक सेयर खरिदको प्रस्ताव पेश गर्ने अन्तिम दिन असार १३ गतेभित्र तोकिएको निष्कासन तथा बिक्री प्रवन्धक एनआईसी एसिया क्यापिटल लिमिटेडले जनाएको छ।

यस्तै महुली लघुवित्तको संस्थापक सेयर मूल्य न्यूनतम् २ सय ७५ रुपैयाँ तोकिएको छ। महुलीको संस्थापक सेयर किन्न प्रस्ताव पेश गर्ने अन्तिम दिन असार १३ गतेलाई तोकिएको छ।
सेयर खरिदको बोलपत्र एनआईसी एसिया क्यापिटल र एनआईसी एसिया बैंकको कर्पोरेट कार्यालय टे«ेड टावर थापाथली, काठमाडौंका शाखा, विराटनगर, वीरगञ्ज, पोखरा, बुटबल र वीरेन्द्रनगर सुर्खेतमा बोलपत्र बुझाउन सकिने एनआईसी एसियाले जनाएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*