अप्पर लोहोरे खोला हाइड्रोपावरले भोलिदेखि आईपीओ निष्काशन गर्ने

६ असार २०८०, बुधबार १८:३६

काठमाडौं । अप्पर लोहोरे खोला हाइड्रोपावरले भोलिदेखि आईपीओ निष्काशन गर्ने भएको छ।कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले जारी पूँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँको १० प्रतिशत अर्थात ५ करोड ९ लाख ८० हजार ४०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ५ लाख ९ हजार ८०४ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो।सोमध्ये ५० प्रतिशत अर्थात २ लाख ५४ हजार ९०२ कित्ता साधारण शेयर आयोजना अति प्रभावित क्षेत्र नौमुले गाँपालिका वडा नं. ३ का बासीहरुको लागि बाँडफाँट गरिनेछ भने बाँकी ५० प्रतिशत सो बाहेकका सम्पूर्ण दैलेख जिल्लाबासीहरुमा बाँडफाँड गरिनेछ।

यसका साथै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने १ करोड ९८ लाख ८२ हजार ४०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका १ लाख ९८ हजार ८२४ कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो।

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा २५ हजार कित्ता शेयरका लागि आवेदन दिन सकिनेछ।आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुले असार २१ गतेसम्म आवेदन दिनेपर्नेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने असार २१ गतेभित्र आवेदन दिनु पर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*