घोराही सिमेन्टको आईपीओ माथि छानबिन गर्न दिनेश ताम्राकारको संयोजकत्वमा समिति गठन
६ असार २०८०, बुधबार १८:४५

काठमाडौं । घोराही सिमेन्टको आइपिओ माथि छानबिन गर्न सुपरिवेक्षण विभाग प्रमुखको संयोजकत्वमा छानबिन समिति गठन भएको छ।नेपाल धितोपत्र बोर्डका सुपरिवेक्षण विभाग प्रमुख दिनेश ताम्राकारको संयोजकत्वमा बुधबार छानबिन समिति गठन भएको हो।
छानबिन समितिले घोराहीको सम्पूर्ण पक्ष, रेटिङ कम्पनी र अन्डरराइटरमाथि पनि छानबिन गर्ने बताइएको छ।घोराही सिमेन्टमा १४ जनाले १० लाख कित्ताको दरले सेयर आवेदन दिएको पाइएपछि उसको सम्पूर्ण प्रक्रिया रोक्का गरिएको थियो। ठूलो संख्यामा आवेदन दिएका लगानीकर्ताको खातामा उक्त सेयरका लागि रकम नभएको पाइएको थियो।












