नेप्सेको अध्यक्षमा भुपाल बराल, नेप्से पुनःसंरचनामा जाने विषयमा थप चासो

काठमाडौं । नेप्सेको संचालक समितिको अध्यक्षमा भुपाल बराल नियुक्त भएका छन् । मन्त्रीस्तरिय निर्णयले जेठ ३२ गतेको बैठकले अर्थ मन्त्रालयका सहसचिव बराल नेप्सेको अध्यक्षमा नियुक्त गरेको हो ।
नव नियुक्त अध्यक्ष बरालले आफु भर्खरै नेप्सेको अध्यक्षमा नियुक्त भएको र त्यहाँ भए गरेका कामको बारेमा अध्ययन गरेर नेप्सेलाई कसरी अघि बढाउने निर्णय लिने बताएका छन् ।
यता विज्ञले तयार पारेको अध्ययन प्रतिवेदनका आधारमा नेप्सेलाई पुनःसंरचना गर्नुपर्ने माग केही समयदेखि उठेको छ ।वित्तीय क्षेत्र व्यस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख समेत रहेका बराललाई आइतबार नेप्सेको सञ्चालक समितिले स्वागत गरेको छ ।
नेप्सेमा अध्यक्षको रुपमा बराल आएपछि नेप्से पुनःसंरचनामा जाने विषयमा थप चासो बढेको छ ।अध्यक्ष बरालले पहिलो संचालक समितिको बैठकमा समेत सहभागी भईसकेको छन् । बराल अध्यक्ष भएपछि नेप्सेको पुनःसंरचनामा जाने विषयमा थप चासो बढेको छ ।
यसअघि अध्यक्ष रहेका सहसचिव चक्र बुढाको पर्यटन मन्त्रालयमा सरुवा भएपछि एक महिनादेखि अध्यक्ष पद रिक्त थियो ।












