एक कम्पनीको बोनस शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा जम्मा

७ असार २०८०, बिहीबार ०९:४८

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले डिम्याट खातामा बोनस शेयर जम्मा गरिदिएको छ । कम्पनीले बैशाख १८ गते सम्पन्न भएको १५औं वार्षिक साधारण सभाबाट पारित भएको ८.५० प्रतिशत बोनस शेयर सम्बन्धित शेयरधनीहरुको डिम्याट खातामा जम्मा गरेको हो ।

कम्पनीले जेठ ७ गतेसम्म शेयर अभौतिकरण गराउनु भएका कम्पनीका शेयरधनीहरुको बोनश शेयर सम्बन्धित डिम्याट खातामा जम्मा गरेको हो । कम्पनीको सो बोनस शेयर सिडिएस र नेप्सेमा सूचीकृत समेत भएको कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*