अपि पावरले हकप्रद शेयर निष्काशन गर्ने, बोर्डबाट पायो अनुमति

७ असार २०८०, बिहीबार १०:३४

काठमाडौं । नेपाल धितोपत्र बोर्डले हकप्रद शेयर निष्काशन गर्नको लागि अपि पावर कम्पनीलाई स्वीकृति प्रदान गरेको छ । बोर्डले कम्पनीलाई हकप्रद शेयर निष्काशनको लागि असार ६ गते अनुमति दिएको हो ।

कम्पनीले हाल कायम रहेको चुक्तापूँजीको १ः०.४० को अनुपातमा १०० रुपैयाँ अंकित दरका १ अर्ब ६५ करोड ३३ लाख १३ हजार ७ सय रुपैयाँ बराबरको १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले १ः०.४० को अनुपातमा हाल कायम चुक्ता पुँजीको ४० प्रतिशत हकप्रद निष्काशन गर्न अनुमति पाएको हो ।

कम्पनीको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*