हिमालयन बैंकको करिब २२ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

७ असार २०८०, बिहीबार १०:४६

काठमाडौं । हिमालयन बैंकले २१ लाख ८६ हजार कित्ता शेयर बिक्री गर्ने भएको छ । बैंककका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीको लागि आवेदन दिएपश्चात बैंकले सो शेयर बिक्रीमा ल्याएको छ ।

उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र बैंकको केन्द्रिय कार्यालय कमलादी काठमाडौंमा आवेदन दिन सक्नेछन् ।

बैंकले तोकेको मितिमा संस्थापक शेयरधनीहरु कुनै निवेदन प्राप्त नभएमा प्रचलित कानून बमोजिम उक्त शेयर अन्य संस्था वा व्यक्तिलाई बिक्री प्रक्रिया अगाडि बढाईन छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*