स्वाप रेसियो १००:७३ सहमती गर्दै नेशनल माइक्रोफाइनान्स र समीट लघुवित्तबीच मर्जरको अन्तिम सम्झौता, मर्जरपछि चुक्ता पुँजि कति ?

७ असार २०८०, बिहीबार ११:३३

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय र समीट लघुवित्तबीच मर्जरको अन्तिम सम्झौता भएको छ । दुई कम्पनीले मर्जर प्रस्ताव सहितको सम्झौता भएको छ।नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिको अध्यक्ष केशवप्रसाद आचार्य र समीट लघुवित्त वित्तीय संस्थाको संचालक समितिको अध्यक्ष तिर्थराज ढकालले संयुक्त रुपमा अन्तिम सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

नेशनल माइक्रोफाइनान्सको १०० कित्ता सेयर बरावर समीट लघुवित्तको ७३ कित्ता सेयर हुने गरी स्वाप अनुपात तय भएको छ ।मर्जर पश्चात संस्थाको नाम नेशनल समीट माइक्रोफाइनन्स लघुवित्त वित्तीय संस्था लिमिटेड हुने र केन्द्रीय कार्यालय बनेपा रहने भएको छ ।

मर्जर पश्चात हुने नेशनल समीट माइक्रोफाइनन्स लघुवित्त वित्तीय संस्थाको चुक्ता पुँजी १ अर्ब ८ करोड रुपैयाँ पुग्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*