नागरिक लगानी कोषले २६.३१६ प्रतिशत लाभांश वितरण गर्ने, अर्थमन्त्रालयले दियो स्वीकृती

७ असार २०८०, बिहीबार ११:५३

काठमाडौं । नागरिक लगानी कोषलाई २६.३१६ प्रशितल लाभांश बाँड्न अर्थमन्त्रालयले स्वीकृति प्रदान गरेको छ । मन्त्रिपरिषद्को बैठकले कम्पनीलाई पुँजीवृद्धि गर्न स्वीकृति दिएसँगै अब लगानीकर्ताले २५ बोनस सेयर र कर प्रयोजनका लागि १.३१६ प्रतिशत नगद लाभांश प्राप्त गर्ने छन् ।

कोषको सञ्चालक समितिको वैशाख २९ गतेको बैठकले सेयरधनीलाई लाभांश दिने प्रताव गरेको थियो । उक्त प्रस्ताव अर्थमन्त्रालयमा पठाएकोमा मन्त्रालयले मन्त्रिपरिषद्मा पेस गरेको थियो ।
मन्त्रिपरिषद्को बैठकले कम्पनीको चुक्तापुँजी पाँच अर्ब ३१ करोड ३७ लाख ५० हजार पु¥याउन स्वीकृति दिएसँगै अब कोषको वार्षिक साधारण सभा बस्ने बाटो खुलेको छ ।

चैत मसान्तसम्म कम्पनीको चुक्तापुँजी चार अर्ब २५ करोड १० लाख रुपैयाँ रहेको छ । २५ प्रतिशत बोनस सेयर बाँडेपछि कम्पनीको चुक्तापुँजी पाँच अर्ब ३१ करोड ३७ लाख ५० हजार रुपैयाँ पुग्ने छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*