विजय लघुवित्तको बोनस शेयर सूचीकृत
७ असार २०८०, बिहीबार १३:२१

काठमाडौं । नेप्सेमा विजय लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ।
विजय लघुवित्त वित्तीय संस्थाको नेप्सेमा ६ लाख ४० हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
विजय लघुवित्तले गत आर्थिक वर्षका लागि २० प्रतिशत बोनस सेयर वितरण गरेको थियो। सोही बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो।












