वैवाहिक बन्धनमा बाँधिइन् राधा पोखरेल
७ असार २०८०, बिहीबार १३:४३

काठमाडौं । नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल विवाह बन्धनमा बाँधिएकी छन् । चन्द्रागिरी–६ निवासी बिष्णु पौडेलसँग उनले विवाह गरेकी हुन् ।
शेयर लगानीकर्ताको नेतृत्व गरिरहेकी पोखरेल बिशाल बजार कम्पनीकी सञ्चालक समेत हुन् । नेपाल पूँजीबजार लगानीकर्ता संघमा रहेर शेयर बजारको मुद्धामा लामो समयदेखि सक्रिय रुपमा लागिरहेकि छिन् ।













