सम्पत्ति शुद्धीकरण निवारणको प्रकृयामा रहेका बैंकहरुको लापरवाही बढ्यो: राष्ट्र बैंक

७ असार २०८०, बिहीबार १५:४१

काठमाडौं। सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी व्यवस्थाअनुसारको प्रक्रियामा पनि बैंकहरूले लापरबाही गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।राष्ट्र बैंकले सार्वजनिक गरेको बैंकहरूको गत आर्थिक वर्ष २०७८र७९  को वार्षिक सुपरीवेक्षण प्रतिवेदनले यस्तो देखाएको हो।

ग्राहकको पहिचानका लागि अनिवार्य व्यवस्था गरिएको केवाइसी फाराममा ग्राहकको आवश्यक जानकारी उल्लेख नगरिएको पाइएको हो ।जोखिमका आधार ग्राहकको आवधिक रूपमा अनुसन्धान गर्ने प्रक्रियालाई पालना नगरेको उल्लेख छ । त्यस्तै, यस सम्बन्धमा खटिएका कर्मचारीलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी खास पदावलीबारे समेत ज्ञान नभएको उल्लेख छ ।

केवाइसी अपडेट गर्ने गम्भीर विषयको जिम्मेवारी सम्पत्ति शुद्धीकरणसम्बन्धी औसत जानकारी र गाम्भीर्यता नबुझेका कर्मचारीलाई दिइएको प्रतिवेदनमा भनिएको छ ।

त्यस्तै, केही बैंकका कोर बैंकिङ सिस्टमले शंकास्पद कारोबारलाई पहिचान गर्ने सूचकसमेत देखाउन सक्दैनन् । त्यस्तै, यसका लागि उपयुक्त सफ्टवेयरको समेत व्यवस्था गरिएको छैन ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*