थ्रीस्टार हाइड्रोपावरको आईपीओमा साढे ७ लाख बढीको आवेदन

७ असार २०८०, बिहीबार १७:४९

काठमाडौं । थ्रीस्टार हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आइपीओमा ७ लाख ६५ हजार ६८४ जनाको आवेदन परेको छ । कम्पनीले असार ५ गतेदेखि निष्काशन गरेको आइपीओमा आज साझ ५ः०५ कुल आवेदकबाट ८५ करोड २६ लाख ३५ हजार रुपैयाँ बराबरको ८५ लाख २६ हजार ३५० कित्ता शेयरको लागि आवेदन परेको हो । जुन सर्वसाधारणलाई निष्काशन गरेको आइपीओको १३.९० गुणा बढी हुन जान्छ ।

कम्पनीले जारी पूँजी ४९ करोड २५ लाख रूपैयाँको २५ प्रतिशत अर्थात १२ करोड ३१ लाख २५ हजार रूपैयाँ बराबरको शेयर निष्काशन गर्ने अनुमति पाएको थियो ।

सो मध्ये ४ लाख ९२ हजार ५०० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरूका लागि निष्काशनमा ल्याईसकेका छ ।बाँकी रहेको १५ प्रतिशत अर्थात ७ करोड ३८ लाख ७५ हजार रूपैयाँ बराबरको ७ लाख ३८ हजार ७५० कित्ता शेयर मध्येको १० प्रतिशत ७३ हजार ८७५ कित्ता श्रम स्वीकृती प्राप्त गरि विदेशी रोजगारीमा गएका नेपालीलाई, ३६ हजार ९३८ कित्ता सामुहिक लगानी कोषलाई छुट्टाएर बाँडफाँड पश्चात बाँकी रहेको ६ लाख १३ हजार १६२ कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन हुने भएको छ ।

सो आईपीओमा न्यूनतम १० कित्तादेखि ५० हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ । कम्पनीको आईपिओमा छिटोमा असार ८ गतेसम्म बिक्री खुल्ला हुने छ । शेयर निष्काशनको लागि हिमालयन क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*