वाणिज्य बैंकबाट साढे ५७ अर्ब रुपैयाँ शेयर धितो कर्जा प्रवाह, १३ बैंकको घट्यो सातको मात्रै बढ्यो, नबिल बैंक सर्वाधिक

८ असार २०८०, शुक्रबार १३:००

काठमाडौ । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको १० महिनासम्ममा साढे ५७ अर्ब रुपैयाँ शेयर धितो कर्जामा प्रवाह गरेका छन् । राष्ट्र बैंकका अनुसार बैशाख मसान्तसम्ममा हाल संचालमा रहेका वाणिज्य बैंकहरुले शेयर धितोकर्जा वापत ५७ अर्ब ८१ लाख रुपैयाँ कर्जा प्रवाह गरेको देखिएको छ।

गत वर्ष यसै अवधिमा वाणिज्य बैंकहरुले ७५ अर्ब १६ करोड ९ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । गत वर्षको तुलनामा चालु आवको वैशाख मसान्तसम्म वाणिज्य बैंकहरुको सेयर धितो कर्जा घटेको छ।
चालु आवको वैशाखसम्म सात वाणिज्य बैंकको सेयर धितोकर्जा बढेको छ। त्यसैगरी अन्य १३ वाणिज्य बैंकको सेयर धितोकर्जामा सामान्य गिरावट देखिएको छ।

पछिल्लो समय सेयरबजारले लय समात्दै गएको छ। निरन्तर घटेर १८ सय बिन्दुमा पुगेको बजार लय समात्दै २१ बिन्दुमा पुगेको छ। वैशाख मसान्तसम्म नबिल बैंकले सेयर धितोकर्जा बापत ८ अर्ब २३ करोड रुपैयाँ प्रवाह गरेको छ। गत वर्ष त्यही अवधिको तुलनामा नबिल बैंकले सेयर धितोकर्जा बढाएको छ।

गत वर्ष यसै अवधिमा नबिलले ६ अर्ब ६९ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेको थियो। हुन त नबिलले नेपाल बंगलादेशलाई एक्वाएर गरेपछि सेयर धितो कर्जा ८ अर्ब माथि पुगेको छ।नेपाल इन्भेष्टमेन्ट मेगा, हिमालयन बैंक, एभरेष्ट, कृषि विकास बैंक, प्रभु बैंक र सानिमा बैंकको सेयर धितो कर्जा पनि बढेको छ। नेपाल बैंकले सेयर धितो कर्जावापत ३ अर्ब ८६ करोड रुपैयाँ प्रवाह गरेको छ। गत वर्ष त्यही अवधिमा बैंकले ४ अर्ब ६३ करोड रुपैयाँ प्रवाह गरेको थियो।

त्यसैगरी राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब ११ करोड सेयर धितो कर्जा प्रवाह गरेको छ। गत वर्ष त्यही अवधिमा बैंकले ५ अर्ब ५३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।
नबिलले ८ अर्ब २३ करोड सेयर धितो कर्जा प्रवाह गरेको छ। गत वर्ष त्यही अवधिमा बैंकले ६ अर्ब ७९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३ अर्ब ७५ अर्ब सेयर धितो कर्जा प्रवाह गरेको छ। गत वर्ष त्यही अवधिमा बैंकले २ अर्ब ३५ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेको थियो।

हिमालयन बैंकले ३ अर्ब २ करोड सेयर धितो कर्जा प्रवाह गरेको छ। गत वर्ष त्यही अवधिमा बैंकले १ अर्ब ३० करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।नेपाल एसबीआई बैंकको २ करोड २ लाखले सेयर धितो कर्जा प्रवाह गरेको छ। गत वर्ष त्यही अवधिमा बैंकले ३ करोड ६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

एभरेष्ट बैंकले ९४ करोड सेयर धितो कर्जा प्रवाह गरेको छ। गत वर्ष त्यही अवधिमा बैंकले ९० करोड ७ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेको थियो।एनआईसी एसिया बैंकले १ अर्ब १० करोड सेयर धितो कर्जा प्रवाह गरेको छ। गत वर्ष त्यही अवधिमा बैंकले २ अर्ब ७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो। माछापुच्छ्रे बैंकले ५९ करोड ८ लाखले सेयर धितो कर्जा प्रवाह गरेको छ। गत वर्ष बैंकले १ अर्ब ३२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो। कुमारी बैंकले ३ अर्ब ५६ करोडले सेयर धितो कर्जा प्रवाह गरेको छ। गत वर्ष बैंकले ३ अर्ब ४१ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

लक्ष्मी बैंकले २ अर्ब ३० करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेको छ। गत वर्ष बैंकले २ अर्ब ७६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो। सिद्धार्थ बैंकले ३ अर्ब ७५ करोड याँ सेयर धितो कर्जा प्रवाह गरेको छ। गत वर्ष बैंकले ४ अर्ब ५५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।कृषि विकास बैंकले १ अर्ब १५ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेको छ। गत वर्ष बैंकले १ अर्ब ११ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो। ग्लोबल आईएमई बैंकले ६ अर्ब २७ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेको छ। गत वर्ष यस बैंकले ६ अर्ब ८१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

सिटिजन्स बैंकले ३ अर्ब ६६ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेको छ। गत वर्ष यो बैंकले ४ अर्ब ५० करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो। प्राइम कमर्सियल बैंकले ३ अर्ब २५ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेको छ। गत वर्ष यो बैंकले ३ अर्ब ७६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो। सनराइज बैंकले १ अर्ब ६६ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेको छ। गत वर्ष यसले २ अर्ब ८१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो। एनएमबि बैंकले १ अर्ब ३७ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेको छ। गत वर्ष यो बैंकले २ अर्ब २१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

प्रभु बैंकले ३ अर्ब ९५ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेको छ। गत वर्ष प्रभुले २ अर्ब १८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो। सानिमा बैंकले ३ अर्ब ९५ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेको छ। गत वर्ष सानिमाले ३ अर्ब ७२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*