हिमालयन बैंकका ६ जना संचालक एकैपटक बाहिरिदै, कसको नाममा कति छ शेयर ?

काठमाडौं । हिमालयन बैंकका ६ जना संचालक एकैपटक बाहिरिने भएको छ । बैंकको ६ जना संस्थापकले एकैपटक शेयर बेचेर बाहिरिन लागेको हो ।बैंकमार्फत संस्थापक ६ जना सेयरधनीहरुले २१ लख ८६ हजार ५७५ कित्ता सेयर बेच्न लागेका हुन् ।
बैंकले संस्थापक गिरेन्द्रमान सिंह श्रेठको नाममा रहेको ९९ हजार ५९९ कित्ता, धर्म भक्त बल्लको १ लाख ४१ हजार ११६ कित्ता, यस्वस्विका इन्टरनेशनल प्रालिको १५ लाख ९० हजार कित्ता, राम प्रकाश श्रेष्ठको १३ हजार १५३ कित्ता, निता गुरुङको ९ हजार ३५९ कित्ता र प्रकाश तयालको ३ लाख ३३ हजार ३४८ कित्ता शेयर बिक्रि गर्न लागेको हो ।
यो शेयर प्रथमपटक संस्थापक शेयरधनीले मात्रै किन्न पाउनेछन् । यदि संस्थापकले शेयर नकिने खण्डमा मात्रै सर्वसाधारणले यो शेयर खरिद गर्न पाउनेछन् । बैंकको सेयरमा ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । तोकिएको समयमा संस्थापकले आवेदन नदिएमा सर्वसाधारण लगानीकर्तालाई बिक्री गरिने बैंकले जनाएको छ ।












