बोनस शेयर र हकप्रद शेयरको कारण बीमा कम्पनीको शेयरमा लगानीकर्ता झुम्मिए, एलआईसी नेपाल र राष्ट्रिय बीमा कम्पनीको शेयर मूल्य सबैभन्दा बढी, अन्य कुनको कति ?

८ असार २०८०, शुक्रबार १६:२७

काठमाडौं । नेप्से उपसूचक चार दशमलव ७५ अंकले बढेर दुई हजार ५५ दशमलव ५३ विन्दुमा पुगेर बन्द भएर यो साताको शेयर कारोबार बन्द भएको छ। यो साता मात्रै बीमा कम्पनीको उपसूचक सुधारको बाटो तिर अघि बढेको देखिएको छ।

साता कारोबारको अन्तिम दिन जीवन बीमा उपसूचक र निर्जीवन बीमा उपसूचक दुवैमा हरियाली छाएर बन्द भएको थियो । बिहीबार जीवन बीमा कम्पनी उपसूचक तीन दशमलव २४ प्रतिशतले बढेर बन्द भएको थियो भने निर्जीवन बीमा उपसूचक दुई दशमलव ७७ प्रतिशतले बढेर बन्द हुन पुगेको थियो ।

बीमा प्राधिकरणले २०७८ चैतमा जीवन बिमालाई ५ अर्ब र निर्जीवनलाई साढे २ अर्ब पुँजी पुर्याउनु निर्दैशन दिएको थियो । यो निर्दैशन जारी भएसँगै बीमा कम्पनीहरुले धमाधम मर्जर सम्झौता गरेका थिए ।

हाल अधिकांश कम्पनीहरु मर्ज भएर एकीकृत कारोबार पनि सुरु गरिसकेका छन् ।तर कतिपय कम्पनीको पुँजी भने मर्ज भएर पनि प्राधिकरण तोके अनुसार पुगेको छैन ।उनीहरुले थप क्यापिटल बढाउन अब बोनस वा हकप्रद सेयरको सहार लिनुपर्ने देखिएको छ । यही बोनस र हकप्रद पाइने भएकाले अहिले बजारमा बिमा कम्पनीहरुको सेयर भाउमा तीब्र वृद्धि देखिएको जानकारहरु बताउँछन् ।

त्यसो त बीमा प्राधिकरणले यही असार मसान्तभित्र पुँजी पुर्याउन बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ । यसआधारमा यी कम्पनीहरुले निकट भविष्यमै बोनस तथा हकप्रद सेयर घोषणा गर्न सक्ने देखिएको छ । अर्थात्, बीमा प्राधिकरणले दिएको निर्देशन कार्यान्वयन हुने हो भने बीमा कम्पनीहरुले यही असार महिनाभित्र पुँजी वृद्धि गरिसक्नुपर्ने हुन्छ ।यसआधारमा बीमा कम्प्ननीहरुको पुँजी पुर्याउनका लागि हकप्रद वा बोनस जारी गर्ने समय निकै नजिक आइसकेको छ ।

यही भएर पनि बीमा कम्पनीहरुको सेयरमा सर्वसाधारण लगानीकर्ताको बेस्सरी आकर्षण बढेको अनुमान गरिएको छ । जेठदेखि अहिलेसम्म आइपुग्दा निर्जीवन बीमा समूहमा ३० प्रतिशत र जीवन बिमा समूहतर्फ २५ प्रतिशतको वृद्धि भइसकेको छ । मर्ज भएर पनि पुँजी पर्याउन नसकेका जीवन बीमा कम्पनीहरुमा सूर्यज्योति लाइफ, प्रभु महालक्ष्मी, सानिमा रिलायन्स लाइफ रहेका छन् ।

जीवन बीमा कम्पनी

साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार हिमालयन लाइफ इन्स्योरेन्सको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जीवन बीमा कम्पनीहरुको साताको कारोबारको अन्तिम दिन लाइफ इन्स्योरेन्स कार्पाेरेशन नेपालको शेयरमूल्य सर्वाधिक रहेको छ । साताको अन्तिम दिन यो कम्पनीको शेयर कारोबार एक हजार ५८४ रुपैयाँमा भएको छ ।

दोस्रोमा नेपाल लाइफ इन्स्योरेन्सको ७६३ रुपैयामा शेयर कारोबार भएको थियो भने तेस्रोमा गुराँस लाइफ कम्पनीको ७१८ रुपैयाँका शेयर कारोबार भएको छ ।

त्यस्तै, एशियन लाइफ इन्स्योरेन्सको ६८२, नेशनल लाइफ इन्स्योरेन्सको ६३४, प्रभु र सूर्य ज्योति लाइफको ५८०, सानिमा रिलायन्सको ५५० र हिमालयन लाइफ इन्स्योरेन्सको सबैभन्दा कम ३८१ दशमलव १ रुपैयाँमा शेयर कारोबार भएको छ ।

निर्जीवन बीमा कम्पनी

साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार एनएलजी इन्स्योरेन्सको शेयरमूल्यमा सर्वाधिक छ दशमलव ३६ प्रतिशतले वृद्धि भएको छ । सानिमा जीआईसीको शेयरमूल्य पाँच दशमलव ८७ प्रतिशतले बढेको छ ।

साता कारोबारको अन्तिम दिन राष्ट्रिय बीमा कम्पनीको शेयरमूल्य सर्वाधिक रहेको थियो । यस कम्पनीको शेयर १५ हजार चार सय ७६ रुपैयाँमा कारोबार भएको छ ।
नेको इन्स्योरेन्सको ८७७ दशमलव सात रुपैयाँमा शेयर कारोबार भएको थियो भने एनएलजी इन्स्योरेन्सको ८३६ रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, शिखर इन्स्योरेन्सको ८२२ दशमलव आठ, नेपाल इन्स्योरेन्सको ८०४, सिद्धार्थ प्रिमियरको ७६५, प्रभु इन्स्योरेन्सको ६५४, सानिमा जीआईसीको ५९३, हिमालयन एभरेष्टको ५६९ र आईजीआई प्रूडेन्सियलको ५६१ रुपैयाँमा शेयर कारोबार भएको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*