मर्जर तथा एक्विजिशन र एफपीओमा कर छुट हुँदैन: अर्थमन्त्री डा. महत

८ असार २०८०, शुक्रबार १८:५७

अर्थमन्त्री डा।प्रकाश शरण महतले मर्जर तथा एक्विजिशन र एफपीओमा कर छुट नहुने बताएका छन् । नेपाल उद्योग परिसंघको वार्षिक साधारण सभामा बोल्दै डा।अर्थमन्त्री महतले बैंक तथा वित्तीय संस्थाहरु मर्जर तथा एक्विजिशनमा जाँदा र एफपीओबाट हुने आम्दानीमा कर लगाउने सरकारको निर्णय फिर्ता नहुने बताएका हुन् ।

‘बैंक तथा वित्तीय संस्था मर्ज हुँदा र एफपीओमा कर लाग्ने बिषमा पुरानो व्यवस्था भएको र कुनै हालतमा परिवर्तन हुन सक्दैन, महालेखापरीक्षकको प्रतिवेदनले कर लाग्ने भनेर ब्याख्या गरेपछि केही गर्न नसकिने बताएका ह्ुन्

सरकारले ल्याएको अगाामी आर्थिक वर्षको बजेटमा एफपीओबाट हुने आम्दानी र मर्जर तथा एक्विजिशनको क्रममा प्राप्त पुँजीगत लाभमा कर लगाउने घोषणा गरेपछि बैंकका सञ्चालक तथा व्यवसायीहरु विरोध गरिरहेका हुन् ।

आगामी आर्थिक वर्ष २०८०/८१ को आर्थिक विधेयकको दफा २६ र २७ मा गरिएको व्यवस्थाले अर्थमन्त्री डा। महतको अलोचना र विरोध भइरहेको छ । तर, अर्थमन्त्री महत सरकार आफ्नो निर्णयबाट पछि नहट्ने बताउँदै आएका छन् । उल्टै अर्थमन्त्री डा। महतले अदालत जान सुझाइरहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*