यो साता फाइनान्स कम्पनीको शेयर कारोबार कस्तो रह्यो ?

काठमाडौं । साताको अन्तिम दिन बिहिबार नेप्से उपसूचकमा सुधार देखिदै बन्द भएको छ । नेप्से उपसूचक चार दशमलव ७५ अंकले बढेसँगै नेप्से दुई हजार ५५ दशमलव ५३ विन्दुमा पुगेर साताको कारोबार बन्द भएको छ । नेप्सेमा यो साता फाइनान्स उपसूचकमा सुधार देखिएको छ । यो साता फाइनान्स उपसूचक जिरो दशमलव २६ प्रतिशतले घटेर साताको कारोबार बन्द भएको छ ।
फाइनान्स उपसूचक अन्तर्गत पर्ने १७ फाइनान्स कम्पनीहरुमध्ये पाँच कम्पनीहरुको शेयरमूल्यमा सामान्य देखिएको छ ।प्रोग्रेसिभ फाइनान्सको शेयरमूल्य सर्वाधिक तीन दशमलव ४९ प्रतिशतले बढेको छ । दोस्रोमा गुह्वेश्वरी मर्चेन्टको शेयरमूल्य एक दशमलव १६ प्रतिशतले बढेको छ ।
बिहीबार गुखार्ज फाइनान्सको शेयरमूल्य सर्वाधिक रहेको छ । यो कम्पनीको शेयर कारोबार पाचँ सय ३५ रुपैयाँमा भएको छ । दोस्रोमा मञ्जुश्री फाइनान्सको शेयर कारोबार चार सय ६५ रुपैयाँमा का ४६१ दशमलव एक रुपैयाँमा भएको छ ।
त्यस्तै गुडविल फाइनान्सको ४४४, जानकी फाइनान्सको ३८५ दशमलव एक, पोखरा फाइनान्सको ३७८ रुपैयाँमा कारोबार भएको छ ।












