सर्वसाधारणले अप्पर स्याङ्गे हाइड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सक्ने

१० असार २०८०, आईतवार ०९:४१

काठमाण्डौ । अप्पर स्याङ्गे हाइड्रोपावरले आज असार १० गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र र वैदेशिक रोजगारमा रहेका नेपाली कामदारको लागि निष्काशन गरेको आइपीओ बाँडफाँड गरी सर्वसाधारणको लागि निष्काशन गरेको हो ।

कम्पनीले जारी पुँजीको २२ करोड रुपैयाँको २९.५५ प्रतिशतले हुन आउने ६ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ सर्वसाधारणका लागि छुट्याएको थियो ।

कम्पनीले ५ प्रतिशतले हुन आउने ३२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि र २ प्रतिशतले हुन आउने १३ हजार कित्ता कर्मचारीलाई छुट्याइएको छ। बाँकी ५ लाख ३९ हजार ५०० कित्तामा सर्वसाधारणका लागि आवेदन खुला गरेको हो ।

लगानीकर्ताले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*