नागरिक लगानी कोषको बार्षिक साधारणसभा असार ३१ गते, लाभांश प्रस्ताव मुख्य एजेण्डा

१० असार २०८०, आईतवार १०:३२

काठमाडौं। नागरिक लगानी कोषले बार्षिक साधारणसभा असार ३१ गते रहेको छ। सभा कोषले आफनो आफ्नै केन्द्रीय कार्यालयमा सभामा गर्ने भएको छ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष २०७८ / ७९ को मुनाफाबाट २५ प्रतिशत वोनस शेयर र १.३१५८ नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि असार १९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । असार १८ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले पेस गर्नुहुने कोपको आर्थिक वर्ष २०७८ ÷ ७९ को वार्षिक प्रतिवेदन उपर छलफल गर्ने लेखापरीक्षकको प्रतिवेदन सहितको २०७९ साल असार मसान्तको वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण उपर छलफल गरी पारित गर्ने, कोषको आर्थिक वर्ष २०७८/ ७९ को आम्दानी बाँडफाँट हिसाब विवरणमा छुट्याइएको प्रस्तावित २५ (पच्चीस) प्रतिशत वोनस शेयर र १.३१५८ ( एक दशमलव तीन एक पाँच आठ) प्रतिशत नगद लाभांश (बोनस शेयरको कर प्रयोजनका लागि) स्वीकृत गर्ने बिषय रहेको छ ।

कोषको सञ्चालक समितिमा अन्य बैंक तथा वित्तीय संस्थाहरू मध्येबाट त्यस्ता संस्थाले तोके बमोजिम निर्वाचित वा मनोनीत गरेको सञ्चालक पद १ (एक) को निर्वाचन गर्ने र साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न शेयरधनीहरू तथा सञ्चालकहरूको तर्फबाट एक÷एक जना प्रतिनिधि नियुक्त गर्ने एजेण्डा रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*