आइतबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
१० असार २०८०, आईतवार १५:१३

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा हरियाली छाएको छ । आज शेयर बजार ६२.२१ को अंकले बढेर २११७ को बिन्दुमा कायम भएको छ ।
आईतबार शेयर बजारमा हरियाली छाएतापनि शुभम पावर कम्पनीको शेयरमूल्य सर्वाधिक घटेको छ । कम्पनीको शेयरमूल्य ६.८१ प्रतिशतले घटेर ७३६ रुपैयाँमा शेयर कारोबार भएको छ ।
त्यस्तै, आज एनआइबिएल ग्रोथ फण्ड, पाँचथर पावर कम्पनी, तेह्रथुम पावर कम्पनी, इङ्वा हाइड्रोपावर लगायत अन्य कम्पनीको शेयरमूल्य घटेको छ ।













