नेप्सेद्वारा थप एक कम्पनीको शेयर सूचीकृत
१० असार २०८०, आईतवार १५:२४

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले थप एक कम्पनीको शेयर सूचीकृत गरेको छ । आइतवार नेप्सेले साविकको आदर्श लघुवित्तको शेयर सूचीकृत गरेको हो ।
नेप्सले साविकको आदर्श लघुवित्तको २ लाख ४८ हजार ४ सय कित्ता शेयर सूचीकृत गरेको छ । डिप्रोक्स लघुवित्त र आदर्श लघुवित्तबीच १ः१ को अनुपातमा प्राप्ति गर्दा कायम हुन बाकि शेयर आज नेप्सेले सूचीकृत गरेको हो ।












