चिलिमे इन्जिनियरिङले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल नियुक्त

१० असार २०८०, आईतवार १६:०५

काठमाडौं । चिलिमे इन्जिनियरिङ एन्ड सर्भिसेज कम्पनी लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले २ लाख ९७ हजार ५०० कित्ता आइपीओ ल्याउने भएको हो ।

कम्पनीले आईपीओ बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटललाई नियुक्त गरेको छ । बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा चिलिमे इन्जिनियरिङबाट प्रमुख कार्यकारी अधिकृत प्रजेशविक्रम थापा र सिद्धार्थ क्यापिटलका तर्फबाट सन्दीप कार्की हस्ताक्षर गरेका छन् ।

सम्झौता कार्यक्रम सिद्धार्थ क्यापिटलको नक्सालस्थित कार्यालयमा भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*