काठमाडौं महानगरभित्र रहेका बीमा, बैंक तथा वित्तीय संस्थाले १ लाख रुपैयाँसम्म कर तिर्नुपर्ने, कुन संस्थाले कति तिर्नुपर्छ ?

काठमाडौं । महानगरपालिकाभित्र रहेका बीमा, बैंक तथा वित्तीय संस्थाले २ हजारदेखि १ लाख रुपैयाँसम्म कर तिर्नुपर्ने भएको छ ।काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आइतबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८०र०८१ को आर्थिक विधेयकमा उक्त व्यवस्था गरिएको छ ।बीमाकम्पनीको केन्द्रीय कार्यालयले ५० हजार, शाखाले प्रति शाखा २० हजार रुपैयाँ कर तिनुपर्ने व्यवस्था विधेयकमा छ ।
आगामी आवमा महानगरपालिकालाई वाणिज्य बैंकको केन्द्रीय कार्यालयले १ लाख, वाणिज्य बैंक ९प्रतिशाखा० ५० हजार, विस्तारित काउण्टरले २० हजार कर तिर्नुपर्ने छ ।
विकास बैंक केन्द्रीय कार्यालयले ७५ हजार, विकास बैंकको शाखा कार्यालयका लागि प्रतिशाखा ४० हजार, विस्तारित काउन्टर १५ हजार, फाइनान्स कम्पनीको केन्द्रीय कार्यालयले ५० हजार, शाखा कार्यालयले प्रतिशाखा २५ हजार कर तिर्नुपर्ने व्यवस्था विधेयकमा गरिएको छ ।
यस्तै सहकारी बैंकको केन्द्रीय कार्यालयले २५ हजार, शाखा कार्यालयले १५ हजार, लघुवित्तको केन्द्रीय कार्यालयले २० हजार, शाखाले ३ हजार, महिला, उत्पादन, उपभोक्ता र श्रममा आधारित सहकारी संस्थाले २ हजार, सहकारी संस्थाको शाखा र सम्पर्क कार्यालयले ३ हजार कर तिर्नुपर्ने छ ।
मनी एक्सचेञ्ज कम्पनीको केन्द्रले १५ हजार, मनी एक्सचेञ्जको शाखाले ५ हजार, रेमिट कम्पनीले प्रतिएकाई ४ हजार, ( आर्थिक कारोबार ९सेयर कारोबार वा अन्य आर्थिक कारोबार) गर्ने इन्भेष्टमेण्ट कम्पनीले १० हजार, सेयर रजिष्टार गर्ने कार्यालयले २५ हजार र बैंक तथा वित्तीय संस्थाको एटिएम बुक राखे ५ हजार कर तिर्नुपर्ने उल्लेख छ ।
कुन संस्थाले कति तिनुपर्छ कर ?
➡️ बीमाकम्पनीको केन्द्रीय कार्यालयले ५० हजार, शाखाले प्रति शाखा २० हजार रुपैयाँ कर तिनुपर्ने
➡️वाणिज्य बैंकको केन्द्रीय कार्यालयले रु १ लाख, प्रतिशाखा रु ५० हजार, विस्तारित काउण्टरले रु २० हजार कर तिर्नुपर्ने।
➡️विकास बैंक केन्द्रीय कार्यालयले रु ७५ हजार, शाखा कार्यालयका लागि प्रतिशाखा रु ४० हजार, विस्तारित काउन्टर रु १५ हजार कर तिर्नुपर्ने।
➡️फाइनान्स कम्पनीको केन्द्रीय कार्यालयले रु ५० हजार, शाखा कार्यालयले प्रतिशाखा रु २५ हजार कर तिर्नुपर्ने ।











