विन नेपाल लघुवित्तको वार्षिक साधारण सभा आज

११ असार २०८०, सोमबार १०:११

काठमाडौं । विन नेपाल लघुवित्तको वार्षिक साधारण सभा आज बस्दैछ । सभा फिस स्टेशन एन्ड रिसोर्ट, बनेपा १२ साँगामा बिहान ११ बजेबाट सुरु हुनेछ ।सभामा आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफ–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल हुनेछ ।

त्यस्तै, अन्य लघुवित्तसँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिइनेछ । सभा प्रयोजनका लागि कम्पनीले असार ५ गतेदेखि १० गतेसम्म बुक क्लोज गरीसकेको छ । तसर्थ, असार ४ गतेसम्म कायम रहने शेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*